भारतको रक्सौलदेखि काठमाडौँसम्म रेलमार्गको डीपीआर निर्माण सुरु

भारतको रक्सौलदेखि काठमाडौँसम्म रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण सुरु भएको छ । कूल एक सय ३६ किलोमिटर लम्बाइको रेलमार्गको सम्भाव्यता अध्ययन भई डीपीआर निर्माण सुरु भएको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ । ‘भारतीय रेल्वे कम्पनी कर्पोरेसन (कोङ्कण) को प्राविधिक टोलीले रेलमार्गको डीपिआर तयार पारिरहेको छ’, नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक नीरञ्जनकुमार झाले भने, ‘एक महिनाभित्र डिपिआर तयार भइसक्छ ।’ डीपीआर स्वीकृतपछि निर्माणले गति लिने उनको भनाइ छ । नेपाल...