निर्देशक रामगोपाल वर्मासँग काम नगर्ने घोषणा

भारतीय निर्देशक रामगोपाल वर्मासँग ३२ फिल्म युनियनले काम नगर्ने घोषणा गरेका छन्। पिंकभिल्लाका अनुसार, ‘फेडरेसन अफ वेस्टर्न सिने इम्प्लोय’, ‘एफडब्लुआइसिई’ ले उनीसँग काम नगर्ने निर्णय गरेको हो। दर्जनौं हिन्दी, तेलुगू र कन्नड भाषाका फिल्म निर्देशन गरेका रामगोपालले आफ्नो फिल्मको प्राविधिक टोली एवम् कामदारलाई पारिश्रमिक नदिएको आरोप लागेको छ। उनले भारु १ करोड २५ लाख पैसा कामदारलाई नदिएको हुनाले फेडरेसनले सो निर्णय लिएको हो।  फेडरेसनका अध्यक्ष बिएन तिवारीका अनुसार, महासचिव अशोक दुबे, कोषाध्यक्ष गंगेश्वरलाल श्रीवास्तव र निर्देशक रामगोपाल वर्माले यसबारे...