भारतीय विदेश मन्त्री जयशंकरको पहिलो भेट प्रधानमन्त्रीसँग
भारतीय विदेश मन्त्री एस जयशंकर नेपालले आउने बित्तिकै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने भएका छन् । इण्डियन एयरलाइन्सको जहाजबाट ११ः५५ मा काठमाडौँ आउन लागेका जयशंकर २ बजे प्रधानमन्त्री अोलीलाई बालुवाटारमा भेट्ने जाने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । नेपाल–भारत संयुक्त आयोगको पाँचौ बैठकमा भाग लिन आउन लागेका मन्त्री जयशंकर शुरुमा प्रधानमन्त्री ओलीसँग छलफल गरेर मात्र आयोगको बैठकमा जाने बताइएको छ । यद्यपी परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले प्रधानमन्त्री ओलीसँग भेटघाट गर्ने...

