भारत पराजित भएसँगै नेपाल ‘हिरो वुमेन्स गोल्डकप’को फाइनलमा
नेपाली राष्ट्रिय महिला फुटबल टोली भारतमा जारी हिरो वुमेन्स गोल्डकपको फाइनलमा पुगेको छ । आयोजक भारत म्यानमारसँग २–० ले पराजित भएसँगै नेपाल फाइनलमा पुगेको हो । नेपालले फिफा बरियतामा आफु भन्दा माथि रहेको टोली इरान र भारतविरुद्ध रोमान्चक जित निकालेको थियो । भारतविरुद्ध २–१ को एतिहासिक जित र इरानविरुद्ध ३–० को जित दर्ता गरेको नेपालले अब फाइनलमा म्यानमारसँग खेल्नेछ । यसअघि नेपाल लिग चरणको पहिलो खेलमा म्यामारसँग...

