पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग
काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ । सरकारले पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि गररेपछि (क्रान्तिकारी)ले फिर्ता लिन माग गरेको हो । आज मध्यरातिदेखि लागु हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १०–१० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिण्डिर रु. २०० रुपैयाँ बढाएको छ । “स्थानीय तहको निर्वाचन सक्दा–नसक्दै सरकारले दुई पटक इन्धनको मूल्यवृद्धि गरी आम जनताको ढाड सेक्ने काम...

