चुनावमा टिकट नपाएपनि एमाले नछाड्ने भीम रावलको घोषणा

नेकपा एमालेबाट प्रतिनिधिसा चुनावमा टिकट पाउन नसकेका नेता भीम रावलले पार्टी नछोड्ने घोषणा गर्नुभएकाे छ । काठमाडौंमा पत्रकार सम्मेलन गरेर उहाँले यस्ताे घाेषणा गरेका हुन् । उहाँले भन्नुभयाे, ‘पार्टी भित्रै रहेर न्याय र स्वाधीनताका लागि लड्छु, असंवैधानिक कदमविरुद्ध लगातार आवाज उठाउछु’।’ उहाँले पार्टी भित्र र पार्टी बाहिर ओलीले गरेका स्वेच्छाचारी निर्णयको आफूले सधैं विरोध गरिरहेको बताउनुभयाे । पार्टी विभाजन रोक्नका लागि आफूहरुसँग भएको १० बुँदे सहमति पनि ओलीले कार्यान्वयन नगरेको आरोप...

हुने भयो एमाले निर्वाचन , केपी ओली र भीम रावलबीच अध्यक्षमा प्रतिस्पर्धा हुने

काठमाडौं । अन्ततः नेकपा एमालेमा निर्वाचनबाटै नयाँ नेतृत्व चयन हुने निश्चित भएको छ । १०औं महाधिवेशनका क्रममा चितवनको सौराहामा जारी बन्द सत्रमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको पदाधिकारीको सूचिमा सर्वसम्मति नजुटेपछि नयाँ नेतृत्वको लागि निर्वाचन प्रक्रिया शुरु भएको हो । निर्वाचन कार्यक्रम अनुसार अहिले विहान ८ बजेदेखि उम्मेदवारहरुको मनोनयन शुरु भएको छ । अध्यक्ष केपी शर्मा ओली र भीम रावलले अध्यक्षका लागि मनोनयन दर्ता गराएकाले रावल र ओलीबीच प्रतिष्पर्धा...

एमाले महाधिवेशनकाे बन्दसत्रमा प्रवेश अघि खोसियो भीम रावलको पर्चा

कामठमाडौं । नेकपा एमालेको चितवनमा जारी दशौं महाधिवेशन अन्तर्गत बन्दसत्रको दोस्रो दिन एमालेको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नु भएका भीम रावलको चुनाव प्रचारसम्बन्धी पर्चा खोसिएको छ । महाधिवेशन प्रतिनिधिहरुहरुले मनोनयनपत्र दर्ता नै नभएका कारण देखाउदै रावलको पर्चा खोसेका हुन् । उनीहरुले रावलको चुनाव प्रचारसम्बन्धी पर्चा बोकेर कसैलाई पनि बन्दसत्रभित्र प्रवेश गर्न दिएका छैन । ​ स्वयंसेवकहरुले त्यस्ता पर्चा खोसेरमात्र बन्दसत्र आयोजनास्थलभित्र प्रवेश गर्न दिएका छन् । बन्दसत्र आयोजनास्थलभन्दा बाहिर भने कतिपयले...

भीम रावललाई नेकपा ओली समूहको कारबाही

नेकपा ओली समूहले सुदूरपश्चिम प्रदेशका इन्चार्ज भीम रावललाई कारबाही गरेको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली पक्षका नेकपाले सुदुरपश्चिम प्रदेश कमिटी विस्तार गरेका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार पार्टीको खाताबाट पैसा निकालेकोले रावललाई कारवाही सिफारिस गरिएको हो । ‘बैठकले पार्टीको खाताबाट ३० लाख नगद झिकेर हिनामिना गरेकोमा भीम रावललाई कारबाही गर्न सिफारिशसमेत गरेको बताइएको छ,’ थापाले फेसबुकमा लेखेका छन्। त्यस्तै प्रदेश कमिटी विस्तार भएको छ। प्रदेश...

मन्त्री फेर्ने विषयमा पार्टीभित्र छलफल नै भएको छैनः रावल

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले मन्त्रिपरिषदमा हेरफेर गर्ने विषयमा पार्टीभित्र छलफल नै नभएको बताएका छन्। बिहीबार कैलालीमा नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता रावलले अहिले मन्त्रिपरिषदमा हेरफेर भन्दा पनि सरकारको काम कारबाहीका बारेमा समीक्षा गर्ने बेला भएको बताए। ‘मन्त्रिपरिषदमा हेरफेर गर्ने कुरा बाहिर चर्चामा आएको छ, पार्टीभित्र भने यसबारे छलफल भएको छैन’, नेता रावलले भने, ‘अहिले परिवर्तन भन्दा पनि...