भूकम्पले अमेरिकाको अलास्का तहसनहस

अलास्का । अमेरिकाको अलास्कामा गएको शुक्रबार आएको भूकम्पले त्यहाँको भौतिक संरचना क्षतबिक्षत भएको छ भने परकम्पनहरु आउने क्रम अझै नरोकिएको अधिकारीहरुले बताएका छन् । ठूलो भूकम्पपछि अहिले सम्म ४० वटा परकम्प गइसकेको बताइएको छ । भूकम्प लगत्तै सुनामीको चेतावनी दिइएकोमा त्यो चेतावनी पछि फिर्ता लिइएको थियो । भूकम्प स्थानीय समय अनुसार गएको शुक्रबार बिहान ८ बजेर २८ मिनेट जाँदा आएको थियो। भूकम्पको केन्द्रबिन्दु अलास्काको सबैभन्दा नजिकको शहर एन्कोराज रहेको थियो । बम...