चितवनमा हरेकवर्ष खेतीयोग्य जमिनको क्षेत्रफल घट्दै , भूमि व्यवस्थापनको कानुन नै बन्न सकेन
चितवनमा हरेकवर्ष खेतीयोग्य जमिनको क्षेत्रफल घट्दै गएको छ । बढ्दो शहरीकरण, कृषि पेसाप्रतिको उदासिनता र स्पष्ट सरकारी नीति तथा कानुनको अभावले गर्दा पनि उर्बर भूमि मासिदै गएको सरोकारवालाहरुले बताएका छन् । जिल्ला विकास कार्यालय चितवनका प्रमुख सुधीर श्रेष्ठले प्रत्येक वर्ष खेतीयोग्य जमिनको क्षेत्रफल घट्दै गइरहेको जानकारी दिनुभयो । उहाले बढ्दो प्लटिङ व्यवसाय, युवाहरुको विदेश पलायन हुदा कृषि क्षेत्रमा जनशक्तिको अभाव, माछापोखरीहरुको वृद्धिलगायतका कारणले चितवनमा कृषियोग्य जमिन घट्दै गएको बताउनु भयो...

