प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भेनेजुएला प्रकरणबारे संसदमै आएर जवाफ दिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेको छ । प्रतिनिधिसभाको आज बसेको बैठकको विशेष समयमा कांग्रेस सांसद डिला संग्रौला र भीमसेनदास प्रधानले भेनेजुएला संकटबारे सत्तारुढ दल नेकपा र सरकारले अनावश्यक बोलेर देशलाई नै विवादमा फसाएको भन्दै जवाफ दिन प्रधानमन्त्रीसँग माग गरे । सांसद संग्रौलाले नेकपा अध्यक्ष पुष्पकमल दाहालले निकालेको विज्ञप्तिबारे अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्त गरेको धारणाले...
प्रधानमन्त्री केपी शर्मा ओलीले भेनेजुएला प्रकरणमा विज्ञप्ति जारी गर्दा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चिप्लिएको बताएका छन्। नेपाल टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘जनतासँग प्रधानमन्त्री’मा बोल्दै प्रधानमन्त्री ओलीले भेनेजुएला प्रकरणमा प्रचण्ड चिप्लिएको बताएका हुन्। यसअघि गत माघ ११ गते नेकपाका प्रचण्डले भेनेजुएलाको राजनीतिक परिवर्तनमा अमेरिकाले हस्तक्षेप गरेको भन्दै अमेरिकाकी साम्राज्यवादी प्रवृत्तिको कडा शब्दमा विरोध गरेका थिए। उनको विज्ञप्तिपछि कूटनीतिक क्षेत्रका विज्ञहरूले नेपालले अनावश्यक ठाउँमा र विषयमा प्रतिक्रिया दिएको बताउँदै आएका...

