भोजपुरमा लोकवार्ता सम्मेलन सम्पन्न

लोकवार्ता परिषद्, नेपालको आठौँ राष्ट्रिय सम्मेलन भोजपुरमा सम्पन्न भएको छ । ‘हाम्रो परम्परा हाम्रो पहिचान’ मूल नाराका साथ यही कात्तिक १३ गतेदेखि १५ गतेसम्म प्रदेश नम्बर १ का धरान, धनकुटा, अरुण एवम् पौवादुम्बा गाउँपालिका, भोजपुर र दिङ्गलाका विभिन्न ऐतिहासिक, पुरातात्विक, धार्मिक क्षेत्रको अवलोकन, निरीक्षण गरिनुका साथै सम्मेलन सम्पन्न भएको थियो । सम्मेलनमा ६१ गोष्ठीपत्र प्रस्तुत हुनुका साथै लोकवार्ताका सम्ंवाहकहरुको पहिचान गरी तत्तत् स्थानमा सम्मान गरिएको थियो । भोजपुर जिल्लाका टक्सार, दिङ्गला,...