बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदालाई अर्को मुद्दा, सात वर्ष जेल सजाय
पाँच वर्ष जेल सजाय भोगीरहेकी बंगलादेशकी पूर्व प्रधानमन्त्री तथा नेसनल पार्टीकी प्रमुख खालिदा जियालाई त्यहाँको उच्च अदालतले फेरि सात वर्षका लागि जेल सजाय सुनाएको छ। भ्रष्टचार गरेको भन्दै जियालगायत अन्य तीन जना विरुद्ध अदालतले सात वर्षको जेल सजाय तोकेको हो। जियाविरुद्ध सात साल पहिले भ्रष्टचारविरुद्ध मुद्दा दर्ता भएको थियो। सोमबार न्यायाधीश अख्तरुजजामनको एकल इजलाशले उक्त मुद्दाको फैसला गर्दै सात वर्षको जेल सजाय तोकेको हो। अदालतले जियासँग १० लाख धरौटी माग गरेको छ।...

