३४८ कैदीबन्दीले पाए मताधिकार

कर्णालीका विभिन्न जिल्लामा बन्दी जीवन बिताइरहेका ३४८ कैदीबन्दीले मताधिकार पाएका छन्। आसन्न ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा मताधिकार प्रयोग गर्न पाउने भएका हुन्।फौजदारी कसुरको अभियोग लागेर कारागार पर्नुअघि फोटोसहितको मतदाता नामावली भरेकाहरूले मात्र मतदान गर्न पाउने कानुनी व्यवस्थाअनुसार कैदीबन्दीले मताधिकार प्रयोग गर्न पाउने भएका हुन्। सोहीअनुसार कर्णाली प्रदेश नौ जिल्लाका तीन सय ४८ जना कैदीबन्दीले मताधिकार पाएका हुन्। जुम्ला कारागारका एक सय सात कैदीबन्दीमध्ये १४ जनाले...