चितवन-२ मत परिणाम रवि लामिछानेको अग्रता
काठमाडौं । चितवन २ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेको सुरुवाती अग्रता रहेको छ । आइतबार सम्पन्न उपनिर्वाचनको प्रारम्भिक मत परिणाम अनुसार रास्वपा उम्मेदवार लामिछानेले ११ सय ५५ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, दोस्रो स्थानमा रहेका नेकपा (एमाले)का उम्मेदवार रामप्रसाद न्यौपानेले ६६५ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठ ५८८ मत प्राप्त गर्नुभएको छ । अहिले इच्छाकामना गाउँपालिको मतगणना भइरहेको छ । ...

