संसदमा आईतबार बाट आर्थिक वर्ष २०७५र७६ को बजेट ,मन्त्रालयगत शीर्षकमा छलफल गरिँदै

          संसदमा आईतबार बाट आर्थिक वर्ष २०७५र७६ को बजेटमा मन्त्रालयगत शीर्षकमा छलफल गरिँदैछ । बिहान ११ बजेदेखि बस्ने प्रतिनिधिसभाको बैठकमा मन्त्रालयहरुलाई विनियोजन गरिएको बजेटमाथि छलफल हुनेछ । आईतबार सञ्चार तथा सूचना प्रविधि, खानेपानी, कृषि भूमि व्यवस्था तथा सहकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको बजेटमा छलफल हुने संसद सचिवालयको कार्यसूचीमा छ । असार १ गतेसम्ममा छलफल सकाएर विभागीय मन्त्रीहरुले जवाफ दिने तयारी गरिएको छ । त्यसपछि बल्ल बजेट पारित हुने जनाइएको छ । अर्थमन्त्री...