मन्त्री अधिकारी सहित सातै जनाको शव, पोष्टमार्टमका लागि शिक्षण अस्पताल पुर्याइयो

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्रप्रसाद अधिकारीलगायत डाइनेष्टी एयरको हेलिकप्टर दुर्घटनामा परि मृत्यु भएकाहरूको शव काठमाडौं स्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ल्याइपुर्‍याइएको छ । ताप्लेजुङको सुकेटार विमानस्थलबाट नेपाली सेनाको हेलिकप्टरले सातै जनाको शव काठमाण्डौ ल्याएको हो । बुधवार र विहिवार गरेर घटनास्थलवाट सातै जनाको शव सुकेटार विमानस्थल ल्याइएको थियो । त्रिभुवन विमानस्थलबाट सबैको शव पोस्टमर्टम र परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । बुधबार अपरान्ह पौने १ बजे...