भ्रामक समाचार लेख्नेलाई १० दश वर्ष जेल सजाय
भ्रामक समाचार लेख्नेलाई बढीमा दश वर्ष जेल सजाय दिने कानुन बनाउने प्रस्ताव गरेको छ । मलेसियाका प्रधानमन्त्री नाजिब रजाकले आफु भ्रामक समाचारबाट धेरै पीडित भएको भन्दै त्यसलाई नियन्त्रण गर्नका लागि यस्तो कानुन आवश्यक रहेको बताएका हुन । प्रस्तावित कानुनको मस्यौदा सोमबार संसदमा प्रवेश गरेको छ । आम निर्वाचन अगाडि नै त्यो कानुन बनिसक्ने अपेक्षा सरकारले गरेको छ । भ्रामक समाचारको दुरुपयोग निर्वाचनको बेला अत्यधिक हुने भएकाले निर्वाचन अगाडि नै त्यसलाई लागु गर्न...

