गलत ठाउँबाट बाटो काट्दा २ हजार पैदलयात्रु कारबाहीमा

पैदलयात्रीहरुको सुरक्षालाई मध्यनजर गरी आइतबारदेखि उपत्यकामा सचेतना अभियान सुरु भएको छ। जस अन्र्तगत एकै दिन २ हजार भन्दा धेरै पैदलयात्रु कारबाहीमा परेका छन्। गलत ठाउँबाट बाटो काट्ने प्रवृत्ती रोक्न महानगरिय ट्राफिक प्रहरी महाशाखाले सचेतना अभियान शुरु गरेको हो। सडक नियम पालना नगर्ने पैदलयात्रुहरुलाई नियन्त्रणमा लिइ ट्राफिक नियमसम्बन्धि कक्षा लिने गरेको छ। अभियान अन्र्तगत सडक प्रयोग गर्दा अपनाउनु पर्ने सावधानीको बिषयमा उपत्यकाका विभिन्न स्थानमा रहेका जेब्रा क्रसिङ र आकाशेपुलहरुमा ट्राफिक र जनपथ...

सिट संख्याभन्दा बढी यात्रु राख्ने सवारी साधनलाई १ हजार जरिवाना

ट्राफिक प्रहरीले सिट संख्याभन्दा बढी यात्रु राख्ने सवारी साधनलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले शुक्रबार पत्रकार सम्मेलन गरेर सिट संख्याभन्दा बढि यात्रु राख्ने सवारी साधनलाई कडा कारबाही गरिने जनाएको हो । महाशाखाले सिट संख्याभन्दा बढी यात्रु राख्ने सवारी साधनको जरिवाना पनि थप गरेको छ । पहिला ५ सयसम्म लिइँदै आएको जरिवाना १ हजार पुर्‍याएको हो । यातायात व्यवस्था विभागले प्रत्यायोजन गरिएको अधिकार अनुसार यसको जरिवाना १...