होलीमा जथाभावी लोला हान्नेलार्इ प्रहरीले कारबाही गर्ने

फागुन १३, काठमाडौं । महानगरीय प्रहरी परिसर, काठमाडौंले होलीमा इच्छा विपरीत लोला हाने वा रंग लगाउनेलाई कारबाही गर्ने चेतावनी दिएको छ । प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी इच्छा विपरीत लोला नहाल्न र रंग नदल्न आग्रह गर्दै यदी त्यसो गरेको पाइए कारबाही गर्ने चेतावनी दिएको हो । होलीका लागि आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको एसएसपी विश्वराज पोखरेलले बताए । उनका अनुसार १०६ ठाउँमा प्रहरी टोली परिचालन गरिएको छ । साथै २० वटा मोवाइल टोली...