चेलीबेटी बेचबिखनमा लैजाने लागेका १० महिलाको उद्धार

महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले वैदेशिक रोजगारीका बहानामा चेलीबेटी बेचबिखन गर्न लैजाँदै गर्दा १० महिलालाई उद्धार गरेको छ । प्रभागले नयाँ बसपार्कबाट बसमा राखेर बुटवल हुँदै विदेश पठाउन लागेको गोप्य सूचनाका आधारमा नयाँ बसपार्क, स्वयम्भू र कलंकीबाट शनिबार र आइतबार उद्धार गरेको हो । प्रभागका प्रमुख मोहनविक्रम केसीले विदेशमा लगेर जागिर लगाइदिने प्रलोभनमा भिसासमेत नलगाइकन उनीहरुलाई बुटवल लैजाँदै गर्दा काठमाडौँका विभिन्न स्थानबाट उद्धार गरिएको जानकारी दिए। “उद्धार गरेकामध्ये चार जना आफूखुशी म्यानपावरबाट...