साउदी अरममा महिलाको सपना पूरा ,महिलाले पहिलो पटक सवारी चालक अनुमतिपत्र पाए
-काठमाडौं, जेठ २३ 

साउदी अरबका महिलाले पहिलो पटक सवारी चालक अनुमतिपत्र पाएका छन् । सोमबार १० जना महिलालाई लाइसेन्स वितरण गरिएको हो । साउदीका राजकुमार मोहम्मद बिन सलमानले केही दिन अघि महिलालाई सवारी चलाउन लगाइएको प्रतिबन्ध हटाउने ऐतिहासिक निर्णय लिनुभएको थियो । अब यही जुन २४ देखि साउदी अरममा महिलाले सडकमा सवारी चलाउन पाउने छन् । यसका लागि महिलालाई लाइसेन्स वितरण गरिएको हो । सोमबार राजधानी रियादसहितका केही शहरमा १० जना महिलालाई लाइसेन्स वितरण गरिएको...