रोनाल्डोलाई बेन्चमा राख्ने मेरै निर्णय हो : प्रशिक्षक माइकल क्यारिक
काठमाडौं । म्यानचेस्टर युनाइटेडका प्रशिक्षक माइकल क्यारिकले गए राति सम्पन्न चेल्सीविरुद्धको खेलमा क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राख्ने निर्णय आफैँले गरेको बताएका छन् । क्यारिकले टिम छनोटमा राल्फ राङ्कनिकको कुनै हात नरहेको स्पष्ट पारेका छन् । राङ्कनिकले चाँडै युनाइटेडको अन्तरिम प्रशिक्षकको जिम्मेवारी सम्हाल्नेछन् । पूर्वरक्षक ग्यारी नेभिलले जर्मन प्रशिक्षक राङकनिकले टिम छनोट गर्ने बताएका थिए । तर, कार्यवाहक प्रशिक्षक क्यारिकले फुटबल पण्डित नेभिलको भनाइ ठाडै अस्वीकार गरिदिए । “त्यसमा कुनै सत्यता छैन,” क्यारिकले बेतायती...

