चुम्लिङटारमा माइक्राे बस र ट्रक ठक्कर खाँदा चार जनाकाे मृत्यु, छ घाईते
पृथ्वी राजमार्ग अन्तरगत इच्छाकामना- ३ चुम्लिङटार नजिकै दुई ओटा सवारीका साधनहरु एक आपसमा ठक्कर खाँदा चार जनाको मृत्यु भएको भने ६ जना घाईते भएका छन् । काठमाण्डौबाट मुग्लिनतर्फ जाँदै गरेको ना ६ ख ४०६४ नम्वरको ट्रक र पोखराबाट काठमाण्डौतर्फ आउदै गरेको ग १ ख ७६९२ नम्वरको माईक्रो बस एक आपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा माईक्रो चालक कास्की रुपाकोट–८ बस्ने चन्द्र बहादुर केसी रहेको चितवन प्रहरीले...

