नेकपा माओवादी केन्द्रको जारी आठौँ महाधिवेशनमा शुक्रबार दिउँसोदेखि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिन थालेका छन्। यही सोमबारदेखि सुरु बन्दसत्रमा विभिन्न २५ वटा समूहले राखेका सुझावमाथि प्रचण्डले जवाफ दिइसकेपछि महाधिवेशन नेतृत्व चयन प्रक्रियामा अघि बढ्नेछ। प्रचण्डले सोमबार ४५ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका थिए। जसमा छलफलका लागि २५ वटा समूह बनाइएको थियो। त्यस्तै प्रचण्डको प्रतिवेदनमा हरिबोल गजुरले, लेखनाथ न्यौपाने र राम कार्कीले पुरक दस्तावेज राखेका थिए। तीन नेताहरुको पुरक दस्तावेजमा पनि प्रचण्डले जवाफ...
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन सत्रमा सहभागी नहुने भएका छन् । ‘माओवादीको महाधिवेशनमा अध्यक्षज्यू सहभागी हुनहुन्न,’ओलीका प्रेस सहयोगी रामशरण बजगाईंले भने । ओली पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन शनिबार गृहजिल्ला झापा पुगेका छन् ।उनका अनुसार अखिलको सचिवालय बैठकदेखि स्वास्थ्य शिविरसम्म ओली सहभागी हुने कार्यक्रम छ । शनिबार झापा गएका ओलीले सोमबार वा मंगलबार मात्र काठमाडौं फर्कने बजगाईंले जानकारी दिए । यसअघि एमालेको महाधिवेशनमा...
नेकपा माओवादी केन्द्रको आजदेखि सुरु हुन लागेको प्रथम राष्ट्रिय सम्मेलन एवं आठौं महाधिवेशनलाई लक्षित गरी नेपाल प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । उपत्यकाको सुरक्षा हेर्ने महानगरीय प्रहरी कार्यालय (मेट्रो) रानीपोखरीले शुक्रबारबाटै माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरक्षा बढाएको छ । कार्यक्रम स्थल प्रज्ञा प्रतिष्ठान क्षेत्रमा पनि उल्लेख्यमात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । मेट्रोका प्रहरी नायव महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीले माओवादीको सम्मेलनका लागि पाँच सयभन्दा बढी प्रहरी जनशक्ति परिचालन गरिएको जानकारी दिए ।...

