अविरल वर्षाका कारण माडीको रिउ खोलाले खतराको सतह नाघ्यो
चितवनमा हिजो साँझदेखी परेको अविरल वर्षाले चितवनका अधिकांश खोला नदीको सतह बढेको छ । जिल्लाको माडीस्थित रिउ खोलाको पानी खतराको सतह भन्दा नाघेको छ । अहिले ११ बजेसम्ममा रिउ खोलाको पानीको सतह ३.५६४ मिटर पुगेको छ । पानीको सतह ३ . ५ मिटर पुगेमा खतराको अवस्था रहन्छ । तर रिउ खोलाको पानीको सतह हेर्दा खतराको तह नाघेकोले सतर्कता अपनाउन जरुरी देखिएको छ । सामान्यतया पानीको सतह ३ मिटर पुगेमा चेतावनी तह मानिन्छ...

