सडकमा रात बिताउन बाध्य चारको उद्धार

मानवसेवा आश्रम काठमाडौँले सडकमा रात बिताउन बाध्य चार जनाको उद्धार गरेको छ ।  सडकमा जीवन गुजार्न बाध्य भएकाहरूको अवस्था अध्ययन गर्न थालेको आश्रमले शनिबार राति काठमाडौँको गोङ्गबु, माछापोखरी, बालाजु, वसन्तपुर, नरदेवी, सोह्रखुट्टे, डल्लु, कालीमाटी, स्वयम्भू, महाँकाल, रत्नपार्क, जमल क्षेत्रमा स्थलगत अध्ययन गरेको थियो । सो क्रममा सडकमा रहेकामध्ये बेसहारा तथा असहाय चार जनालाई राति नै उद्धार गरिएको मानवसेवा आश्रम प्रदेश नं ३ का संयोजक सुमन बर्ताैलाले जानकारी दिनुभयो । काठमाडौँ...