घाँस काट्न गएकी मायाको ज्यान लिने चितुवालाई स्थानीयले मारे

बैतडी : सोमबार बैतडीको शिवनाथ गाउँपालिका–४ बगारकी १८ वर्षीया माया महतालाई आक्रमण गरी ज्यान लिने चितुवालाई स्थानीयहरुले घेरा हालेर मारेका छन्। छिमेकी डडेल्धुराको भागेश्वर गाउँपालिका–१ मर्मागाडमा घासँ काट्न गएका बेला चितुवाले सोमबार दिउँसो आक्रमण गरेर मायाको मृत्यु भएको थियो। चितुवाले मायाको लासलाई नछोडेपछि गाउँबाट गएका स्थानीयहरुले साँझ ५ बजेतिर ढुंगामुढा र घरेलु हतियार प्रहार गरेर चितुवा मारेका शिवनाथ गाउँपालिकाका अध्यक्ष कणसिंह साउँदले जानकारी दिए।  चितुवा मार्ने क्रममा तीन चार जना समान्य घाइते...