मार्क जुकरबर्गले गरे यस्ताे खुलासा, ‘फेसबुक प्रयोगकर्तामाथि विश्वासघात भयो’

चैत ८, काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले करोडौं प्रयोगकर्ताको डाटा चोरी भएको स्वीकार गरेको छ । संस्थापक मार्क जुकरबर्गले आफ्नो गल्तीका कारण फेसबुक प्रयोगकर्तामाथि विश्वासघात भएको बताएका हुन्। क्याम्ब्रिज एनालिटीका स्क्यान्डल सार्वजनिक भएपछि फेसबुकका संस्थापक मार्क जुकरबर्गले कम्पनीको गल्ती भएको बताएका छन्। उनले फेसबुक प्रयोगकर्ताका सामग्री तेस्रो पक्षले जानकारी लिन नसक्ने व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले एप्स बनाउने अलेक्जेन्डर कोगन, क्याम्ब्रिज एनालिटिका र फेसबुकबीच सम्झौताका क्रममा विश्वासघात भएको बताए । जुकरबर्गले फेसबुकमा...