मुलुकभर घरजग्गा कारोबार फस्टाउँदै
-सन्देश दैनिक संवाददाता

सुस्ताएको घरजग्गा कारोबारमा मंसिर महिनामा एकाएक रौनक देखिएको छ। देशैभर घरजग्गाको कारोबार फस्टाउँदै गएकाे सरकारी तथ्यांकले देखाएको छ। सरकारले कृषियोग्य जमीन खण्डीकरण गर्न रोकेपनि अशवण्डा मुद्दा, नयाँ बाटो लगायतका रणनीति बनाएर जग्गाको कित्ताकाट भइरहेको छ। यही कारण जग्गाको कारोबार बढेको हो। जग्गाको कारोबार बढेपछि देशैभरिका मालपोत कार्यालयमा समेत चहलपहल बढेको छ। भूमी व्यवस्थापन तथा अभिलेख विभागका अनुसार मंसिर महिनामा घरजग्गाको कारोबारमा सुधार भएकाले राजस्व समेत बढेको छ। गत साउनदेखि...