लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने
प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसलाई सघाउने विपक्षी दलले निर्णय गरेका छन्। बिहीबार बसेको कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को संयुक्त बैठकले मिलेर जाने निर्णय गरेको हो। लेखा समिति सभापतिमा कांग्रेसलाई सघाउन एमाले र नेकपा सहमत भएका हुन्। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा कांग्रेस, एमाले र नेकपाका सांसदको बैठक बसेको थियो। बैठकको निर्णय अनुसार, अब कांग्रेसले लेखा समितिको सपभातिमा उम्मेदवारी दिने कांग्रेस सांसद भीष्मराज आङदेम्बेले बताए। त्यस्तै, राष्ट्रिय...

