मिटरब्याज पीडितले मागे गृहमन्त्रीको राजीनामा
मिटरब्याज पीडितहरुले काठमाडौंमा प्रर्दशन गर्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका छन् । सोमबार शान्तिवाटिकामा प्रहरीको लाठी प्रहारबाट घाइते समेत भएका उनीहरुले मंगलबार दिउँसो गृहमन्त्री श्रेष्ठविरुद्ध चर्का नाराबाजी लगाउँदै काठमाडौंको माइतीघर मण्डलामा प्रर्दशन गरेका हुन्। आफूहरुको माग सम्बोधन गर्नुको साटो गृहमन्त्री श्रेष्ठले प्रहरी प्रशासन लगाएर दमन गरेकाले त्यसको विरोधमा प्रर्दशन गर्नु परेको उनीहरुले बताएका छन्। सोमबार (हिजो) काठमाडौंको शान्तिवाटिकामा प्रहरीसँगको झडपमा परी उनीहरु घाइते समेत भएका थिए। शान्तिपूर्ण आन्दोलनमा रहेका...

