‘आमा’बाट बाहिरिन् सूर्यमाला, मिथिला अनुबन्धित
निर्देशक दिपेन्द्र के खनालको निर्देशनमा बनिरहेको ‘आमा’ सिनेमाबाट शीर्ष कलाकार सूर्यमाला खनाल बाहिरिएकी छन्। सिनेमामा उनको सट्टा मिथिला शर्मा अनुबन्धित भएकी छन्। सूर्यमालाले आफ्नो भागका केही दृश्यको छायांकन समेत गरेपछि उनी सिनेमाबाट बाहिरिएकी हुन्। उनले सहमतीमै सिनेमा छाडेकी हुन्। असोजमा अमेरिका जानुपर्ने र केहि समय त्यतै बस्नुपर्ने कारण सिनेमाको काम रोकिने भएपछि उनले सिनेमाबाट सहमतीमै हात झिकेकी हुन्। असार १५ गतेबाट छायाँकन सुरु गरिएको सिनेमा आमाको हाल नेपालमा सोचे अनुरुप पानी नपरेको...

