वर्षाले छाडेको निकिताले समाइन्

अभिनेत्री वर्षा सिवाकोटीले हात झिकेको फिल्ममा मिस नेपाल २०१७ की विजेता निकिता चण्डक अनुबन्धित भएकी छन् । निकिताले आइतबार फिल्म ‘रानीमहल’को मुख्य अभिनेत्रीका लागि सम्झौता गरेकी छन् । अभिनेत्री सिवाकोटीले फिल्मसँग सम्झौता तोडेपछि निर्माण युनिटले निकितालाई अनुबन्धित गरेको हो । मिस नेपाल २०१८ घोषणा भएपछि निकिता फिल्ममा अनुबन्ध हुन तयार भइन् । हिमाल न्यौपानेको निर्देशनमा बन्न लागेको फिल्मबाट निकितासँग रोमान्स गर्दै आशिष अधिकारीले अभिनयमा डेब्यू गर्दैछन् । फिल्ममा नीर शाह, रश्मी भट्ट,...