राजनीति संसदको संयुक्त समितिमा राष्ट्रियसभाबाट सांसद मनोनित
-सन्देश दैनिक संवाददाता

राष्ट्रियसभाबाट राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन संयुक्त समितिमा तीन जना सांसद मनोनित भएका छन्। राष्ट्रियसभाको बिहीबार बसेको बैठकले राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिमा मनोनयनका लागि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्ताव गरेका सांसदहरूमा राधेश्याम अधिकारी, कालिबहादुर मल्ल र रामलखन चौंधरीको रहेका छन्। समितिमा प्रतिनिधिसभाबाट अनिलकुमार झा, भीम रावल, डा. मिनेन्द्र रिजाल, निरादेवी जैरु, खेमप्रसाद लोहनी, गणेशसिंह ठगुन्ना, प्रभु साह, डा। मिनेन्द्र रिजाल,...