साउदी अरबमा नेपालीलाई मृत्युदण्डको फैसला
जेठ ३०, २०७६ काठमाडौं । आफ्नै नातेदारको हत्यामा दोषी ठहरिए १२ वर्षदेखि जेलमा रहेका उदयपुरका विवेक दाहाललाई साउदी अरबियाको पुनरावेदन अदालतले मृत्युदण्ड सजाय सुनाएको छ। उदयपुरको बसाहा–७ बैंकडाडाका दाहालले मोरङ, बबियाविर्ता–३ का राजेन्द्र विष्टलाई २००७ फेब्रुअरी २ मा सुतिरहेको अवस्थामा हत्या गरेका थिए। उनलाई जुबेलस्थित हायल जेलमा राखिएको छ। सावृजनिक कानुनअनुसार मृत्युदण्डको फैसला सुनाएको तल्लो तहको फैसलालाई पुनरावेदन अदालतले सदर गरेको खबर कान्तिपुर दैनिकमा छ। अदालतले पिडीत पक्षलाई...

