काठमाडौँ उपत्यकामा मेट्रो रेल निर्माण र सञ्चालन गर्न विस्तृत सम्भाव्यता अध्ययन (डिपीआर)का लागि भारत र चिनियाँ कम्पनीबीच प्रतिस्पर्धा सुरु भएको छ । लगानी बोर्डको आगामी बैठकमा दुईवटा कम्पनीको प्रस्ताव मूल्यांकन प्रतिवेदन पेस गर्ने तयारी रहेको स्रोतले जानकारी दिएको छ । चारवटा प्रस्तावमध्ये दुईवटाको मुल्यांकन गर्दा उपयोगी देखिएकाले मुल्यांकन प्रतिवेदन बोर्डमा पेश गर्ने तयारी भएको लगानी बोर्डका एक अधिकारीले बताए । अहिले डिपीआरका लागि राइट्स(रेल इन्डिया टेक्निकल एनड सर्भिसेज) र चीनको संयुक्त कम्पनी...
रेल यातायातबारे अध्ययन तथा अभ्यास गरेका बेलायतमा कार्यरत नेपाली ईन्जिनियर तथा विज्ञहरुको काठमाडौंका लागि मोनो रेल उपयुक्त नभएको बताएका छन् । सोसाइटी अफ नेप्लिज ईन्जिनिययर्स युकेद्धारा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै लन्डनको एउटा प्रतिष्ठित कम्पनीमा कार्यरत कन्सल्टिङ सिभिल ईन्जिनियर डा. विनोदलाल अमात्यले मास ट्रान्जिट सिस्टम को आवश्यक्ता र भुकम्पको जोखिमलगायत दृष्टिकोणबाट हेर्दा मोनोरेल काठमाडौंका लागि उपयुक्त नभएको बताए । दीर्घकालिन हिसाबले हेर्दा काठमाडौं उपत्यकामा मेट्रो अर्थात भुमिगत रेलसेवा नै चाहिन्छ, उनले...

