मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको चौकीडाँडा सडकखण्डमा गए राति भएको मोटरसाइकल दुर्घटनामा घाइते दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ। दुर्घटनाबाट घाइते भएका से ४ प ४७३० नंको मोटरसाइकल चालक कञ्चनपुर कृष्णपुर नगरपालिका–५ का ३० वर्षीय लोकेन्द्र पार्की र सुदूरपश्चिम प्रदेश०२–००४प १११ नंको मोटरसाइकल चालक कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिकाका ३२ वर्षीय पुरनकुमार मडैको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले बताए । दुई...

बारामा मोटरसाइकल दुर्घटना, ३ जनाको मृत्यु

बारामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका १६ स्थित टागियामा गएराति प्रदेश २–०३–००२ प ५३३५ नम्बरको मोटरसाइकल र बा ६५ प २७५६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा नुवाकोटका ४० वर्षीय टुलुराज तामाङ, बारा निजगढ नगरपालिका– ९ का १६ वर्षीय विकास साह र ३५ वर्षीया सुनैनादेवी साह रहेका छन् । दुर्घटनामा दुवै मोटरसाइकलका चालकको मृत्यु...

माेटरसार्इकल दुर्घटनामा परी एककाे मृत्यु

लमहीमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्। वेलाबाट गढवातर्फ आउँदै गरेको रा३प ३६२७ नम्बरको मोटरसाइकल गढवा गाउँपालिका–७ मानपुरमा अनियन्त्रित भई दुर्घटना हुँदा २० वर्षीय दिनेश चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ। चौधरीको उपचारको क्रममा लमही अस्पतालमा मृत्यु भएको हो। दुर्घटनामा सोही ठाउँका १८ वर्षीय रोशन चौधरी र १७ वर्षीय महेश चौधरी घाइते भएका छन्। घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ। ...

बालाजुमा मोटरसाइकल दुर्घटना हुंदा चालकको मृत्यु

चैत ८, काठमाडौं । काठमाडौंको बालाजुमा बुधबार राती भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । राती सवा १२ बजे बा ७९ प ७८११ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई दुर्घटना हुंदा नुवाकोट बेलकोट नगरपालिका ३ घर भएका २१ बर्षीय सुनिल पुडासैनीको मृत्यु भएको हो। मोटरसाइकलमा पछाडी सवार कलंकी बस्ने नुवाकोट बेलकोट गढी ५ का नवराज मुडभरी दुर्घटनामा घाइते भएका छन । ...

मोरङमा मोटरसाइकल दुर्घटना, १ महिलाको मृत्यु

फागुन २४, मोरङ । मोरङको मिक्लाजुङ गाउँपालिका–९ स्थित उर्लाबारी–मधुमल्ला सडकखण्डमा बुधबार साँझ मोटरसाइकल दुर्घटना हुँदा १ महिलाको मृत्यु भएको छ । उर्लाबारीबाट मधुमल्लातर्फ जाँदै गरेको मे ८ प ७८५० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा पछाडि सवार सोही ठाउँकी ४५ वर्षीया यशोदा पौडेलको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।   मोटरसाइकल र त्यसका चालक उर्लाबारी–७ बस्ने २६ वर्षीय दिनेश खड्का सामान्य घाइते भएपछि उपचारपश्चात् नियन्त्रणमा राखिएको इलाका प्रहरी...