पोर्न भिडियो बनाएको आरोपमा बलिउड नायिका समातिइन्‌

पोर्न (अश्लील) भिडियो बनाएको आरोपमा अभिनेत्री तथा मोडल गहना वशिष्ठलाई मुम्बई पुलिसले पक्राउ गरेको छ। पोर्न भिडियो निर्माण गरी वेबसाइटमा राखेको आरोपमा उनी सोमबार पक्राउ परेकी हुन्। गहनाले मिस एशिया बिकिनीको ताज जितेकी छन्। उनी छत्तीसगढ़की स्थायी बासिन्दा हुन् भने उनको वास्तविक नाम वन्दना तिवारी हो। फिल्मी नगरीमा आउनुअघि उनले आफ्नो नाम परिवर्तन गरेकी थिइन्। उनले अधिक मात्रामा विज्ञापनमा काम गरेकी छिन्।  उनले हिन्दी लगायत तेलुगु सिनेमामा काम गरिसकेकी छिन्। उनले सातभन्दा बढी वेब सीरियलमा...