मोदीको मन्त्रिपरिषदमा १९ नयाँ अनुहार, मन्त्रीहरुको जिम्मेवारी आज तोकिने

नयाँ दिल्ली, जेठ १७ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि सपथ लिएका छन् । नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा देश–विदेशका करिब ८ हजार अतिथिको उपस्थितिमा भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट मोदीले बिहीबार बेलुका शपथ लिएका हुन् । सपथसँगै प्रधानमन्त्री मोदीले मन्त्रिपरिषद्समेत गठन गरेका छन् । ५८ सदस्यीय मन्त्रिपरिषदमा २५ जना क्याबिनेट मन्त्री नियुक्त भएका छन् । ९ जना स्वतन्त्र प्रभार र २४ राज्यमन्त्री नियुक्त गरिएका छन् । मन्त्रिपरिषद सदस्यको जिम्मेवारी भने शुक्रबार...