मोदीसँग सीमा अतिक्रमण कुरा उठाउन सांसदहरुले सरकारलाई गरे यस्तो आग्रह
नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कञ्चनपुरको पुनर्बासमा भारतीय पक्षबाट भएको सीमा अतिक्रमण र एसएसबीको ज्यादतीबारे कुरा राख्न सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्ने सांसदहरुले सीमा अतिक्रमण र भारतीय सुरक्षाकर्मीको ज्यादतीलाई दुई पक्षीय वार्ताको एजेण्डा बनाइनुपर्ने बताए । पुनर्बासमा हुने पटक पटकको भारतीय ज्यादती अब दुई देशका प्रधानमन्त्री तहमा लैजानुपर्ने उनीहरुले बताए । विशेष समय लिएर बोल्दै सांसद हरिराम चौधरीले भारतीय सुरक्षाकर्मीबाट पुनर्वासमा...

