विश्वकै सर्वाधिक धनी व्यक्ति एलन मस्कले म्यानचेस्टर युनाइटेड खरिद गर्ने
काठमाडौं । विश्वकै सर्वाधिक धनी व्यक्ति एलन मस्कले फुटबल क्लब म्यानचेस्टर युनाइटेड खरिद गर्ने भनेर आफूले ‘जोक’ गरेको बताएका छन् । बुधबार बिहान उनले विस्तृतमा नखुलाएर म्यान्चेस्टर युनाइटेड खरिद गर्ने बताएका थिए । “म म्यानचेस्टर युनाइटेड खरिद गर्दैछु,” उनले ट्विटरमा भनेका छन् । तर, उनको ट्विटले मिडिया र सामाजिक सञ्जालमा व्यापक कभरेज पाएपछि उनले स्पष्टीकरण दिएका हुन् । युनाइटेड क्लब अमेरिकी ग्लाजर परिवारको नियन्त्रणमा छ । ग्लाजर परिवार र मस्कले तत्काल कुनै प्रतिक्रिया दिन नमानेको रोयटर्सले जनाएको...

