म्यानचेस्टर सिटी क्वाटरफाइलनमा

काठमाडौं । प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा सिटीले जित निकाल्दै अन्तिम आठमा स्थान बनाएको हो । सिटीले जर्मन क्लब बोरुसिया मन्छेनग्लाडबाखलाई २–० ले पराजित गरेको हो । सिटी समग्रमा ४–० को जित निकाल्न सफल भयो । घरेलु मैदानमा भएको दोस्रो लेगमा सिटीलाई जित दिलाउन केभिन डी ब्रुएन र इल्के गुन्डोगानले एक–एक गोल गरे । खेलको...