दुर्घटनाग्रस्त यती विमानको ब्ल्याक बक्स भेटियो

काठमाडौं । पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमानको ब्ल्याक बक्स भेटिएको छ। हराइरहेकाहरूको खोजी गर्ने क्रममा विमानको ब्ल्याक बक्स भेटिएको हो। ब्ल्याक बक्सबाट विमान दुर्घटनाको कारण पत्ता लगाउन सजिलो हुने छ। दुर्घटनाअघि पाइलटले बोलेका सबै कुराहरू ब्ल्याक बक्समा रेकर्ड भएको हुन्छ। प्रवक्ता निरौलाका अनुसार ब्ल्याक बक्स नेपाली सेनालाई बुझाइएको छ । ब्ल्याक बक्स आजै काठमाडौँ ल्याउने र दुर्घटना जाँच आयोगलाई बुझाइने प्राधिकरणको भनाइ छ । ...