‘यसै वर्ष नेपाली पानीजहाज चल्छ, आलोचकलार्इ उद्घाटनमा लान्छु’- प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले पानी जहाजको कुरा त्यत्तिकै नआएको दोहोर्याएका छन् । उनले यसै वर्ष नेपाली पानी जहाज चलाउने र सोको उद्घाटन कार्यक्रममा अहिलेका आफ्ना आलोचकलार्इ समेत सँगै लैजाने दाबी गरेका छन् । सरकारले युगान्तकारी परिवर्तन गर्ने कुरा बजेटमा ल्याएको दाबी गर्दै नेकपाका अध्यक्ष समेत रहेका ओलीले रेलमार्ग र जलमार्गलाई हल्का रूपमा नलिन आग्रह गरे । उनले भने, ‘हाम्रो आफ्नै पानीजहाज उद्घाटनमा आलोचकलाई पनि सँगै लानेछु ।’ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को...