भारतको उत्तराखण्डमा बस दुर्घटना १२ काे मृत्यु, १३ घाइते
-सन्देश दैनिक संवाददाता
भारतको उत्तराखण्डमा आइतबार एउटा यात्रुबहाक बस सडकबाट चिप्लिएर खोल्सामा खस्दा त्यसमा यात्रारत १२ जनाको मृत्यु भएको भारतीय प्रहरीले बताएको छ। उक्त घटनामा बसमा यात्रारत अन्य १३ जना घाइते भएका बताइएको छ। घाइतमध्ये केहीलाई स्थानीय स्वास्थ्य केन्द्रमा उपचार गरिएको छ भने गम्भीर चोट लागेका केही जनालाई उपचारका लागि देहरादुन पठाइएको भारतीय अधिकारीले बताएका छन्। उत्तराखण्डको प्रान्तीय राजधानीबाट १०० किलोमिटर टाढा उत्तरकाँशी जिल्लाको ग्रामिण क्षेत्रमा दुर्घटना भएको बताइएको छ। जिल्लाको भित्री क्षेत्रमा चल्ने...

