पीएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा
एजेन्सी । फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) युईएफए च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा इटालियन सिरी ए क्लब एटलान्टालाई २-१ गोलले पराजित गर्दै च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको हो । पोर्चुगलको लिस्बोनस्थित स्टाडिओ द लुजमा भएको खेलमा पीएसजीले नाटकीय रुपमा पुनरागमन जित निकालेको हो । पहिलो हाफमा १-० गोलले पछि परेको पीएसजीले दोस्रो हाफको अन्तिम समयको तीन मिनेटमा दुई गोल गरेको...

