ट्रम्पको वकीलले युक्रेनी राष्ट्रपतिबाट घुस लिएकाे खुलासा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निजी वकील माइकल कोहेनले युक्रेनका राष्ट्रपति पेट्रो पोरोशेन्कोसँग घुस लिएको खुलासा भएको छ । ट्रम्पसँग बैठक गराउनका लागि कोहेनले पारोशेन्कोसँग चार लाख अमेरिकी डलर लिएको खुलासा भएको बीबीसीले जनाएको छ । ट्रम्प र पोरोशेन्कोबीच गत जुन महिनामा ह्वाइट हाउसमा भेटवार्ता भएको थियो । पैसा लिएर भेटवार्ता गराइएको बारेमा ट्रम्पलाई जानकारी थियो कि थिएन भन्ने कुरा थाहा भएको छैन । यद्यपि, कोहेनले पैसा लिएको आरोपको खण्डन गर्दै आएका...