प्रकृतिको शव नेपाल ल्याइयो,आज युनिभर्सल मेडिकल कलेजमा राखिने

भारतको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा शंकास्पद रुपमा मृत फेला परेकी विद्यार्थी प्रकृति लम्सालको शव भैरहवा ल्याइएको छ। बुधबार साँझ सुनौली नाका हुँदै उनको शव घर ल्याइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी सुरज कार्कीले जानकारी दिए। प्रकृतिको शव भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा राखिनेछ। प्रकृतिको शङ्कास्पद मृत्यु भएको खबर आएपछि बुबा सुनिल लम्साल ओडिसा पुगेका थिए। उनी भने घर आइपुगेका छैनन्। प्रकृतिको शव र बुवा सुनिल गोरखपुरसम्म फरक जहाजमा आएकाले उनी आउन...