महावीर पुनलाई बेलायतको विश्वविद्यालयमा सम्मान

बेलायतको युनिभर्सिटी अफ सेन्ट्रल लकांशायरले बिज एजुकेसनको आयोजनामा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं नेपाली वैज्ञानिक डा महावीर पुन मगरलाई सम्मान गरेको छ। डा पुनले नेपालको खोज, अनुसन्धान तथा प्रविधिको क्षेत्रमा पुर्याएको योगदान र उनको कर्मको प्रतिफलस्वरुप सम्मान गरिएको हो। सो अवसरमा डा पुनसँग अन्तक्र्रियासमेत गरिएको थियो। कार्यक्रममा डा पुनले आफ्नो काम भिडियोमार्फत प्रस्तुत गरेका थिए। पुनले जनस्तर र विदेशीको सहयोगबाट स्थापित केन्द्रले ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्यलगायतका २० भन्दा बढी क्षेत्रमा...