चिनियाँ राष्ट्रपतिको एक भाषणले युरोपका लक्जरी ब्रान्डको ७० अर्ब डलर स्वाहा

गत मंगलबार चिनियाँ राष्ट्रपति सी चिनफिङले एक बैठकमा बढ्दो आर्थिक असमानता र सम्पत्तिको पुनर्वितरणबारे एक भाषण दिए। त्यसलगत्तै युरोपका ठूला लक्जरी ब्रान्डहरुको सेयर मूल्यमा पहिरो गएको छ।  त्यसयता युरोपका ठूला चार लक्जरी ब्रान्डले मात्रै ७० अर्ब डलर गुमाएका छन्। सीको भाषणलगत्तै एलभीएमएच, रिचमन्ट, एर्मेस र केरिङले सो रकम गुमाएका हुन्। यी लक्जरी ब्रान्डहरुको व्यापारको ठूलो हिस्सा चीनले ओगट्छ। त्यसको पनि २५ प्रतिशत हिस्सा चीनका अत्यन्त धनी एक लाख १० हजार मानिसहरुले...