युरो कपको पहिलो सेमिफाइनलमा स्पेन र इटाली भिड्दै

काठमाडौं :  युरोकप फुटबलको पहिलो सेमिफाइनल खेल आज राति हुँदैछ । इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुने पहिलो सेमिफाइनलमा इटाली र स्पेन प्रतिस्पर्धा गर्ने छन्। इटाली र स्पेनबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ। दुवै टोली  जित निकाल्दै फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छन्। त्यसैले दुई ठुला टिमबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ। इटाली र स्पेनबीचको विजेताले फाइनलमा इंग्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ। इंग्ल्यान्ड र डेनमार्कबीचको दोस्रो सेमिफाइनल बुधबार राति हुनेछ। इटालीले...